अर्थ-वाणिज्य

प्रदेश ५ को राजधानी वुटवल मै एम्बुलेन्सको कृतिम हाहाकार ,संक्रमित सुत्केरी अलपत्र



तिलोत्तमा ९ भदौ ।साउन ३२ गते बुटवल–११, नहरपुरकी एक गर्भवतीमा कोरोना संक्रमण पुष्टि भयो । घरमै आइसोलेसनमा बसेकी उनको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले शल्यक्रिया मार्फत सुत्केरी गराउने निर्णय गरयो । लुम्बिनी प्रादेशिक अस्पतालमा संक्रमितलाई सुत्केरी गराउने छुट्टै कक्ष र उपकरण नभएपछि नेपालगन्ज शिक्षण अस्पतालमा रिफर गरियो । परिवारका सदस्यले नेपालगन्ज पुरयाउन एम्बुलेन्सको खोजी गरे । ‘संक्रमित भन्ने थाहा पाएपछि एम्बुलेन्सले बोक्न मानेनन् । अन्तत उहाालाई निजी गाडीमा लगियो । सामान्य मास्क लगाएको भरमा महिलालाई नेपालगन्ज पुराईयो । ती महिलाले शनिबार शल्यक्रियामार्फत सन्तान जन्माएकी छन् । यो त एउटा उदाहरण मात्र हो । यस्तै समस्या धेरे संक्रमीतले भोग्नु परेको छ । 

     आकस्मिक बिरामीलाई छिटोछरितो एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेशका ६० वटा एम्बुलेन्समा जीपीएस डिभाइस जडान गरिएको छ । नियमनका लागि प्रदेश स्वास्थ्य निर्देशनालयमा एम्बुलेन्स सूचना केन्द्रको स्थापनासमेत गरिएको छ । मोबाइल प्रयोगकर्ताका लागि अनलाइन एन्ड्रोइडमा आधारित मोबाइल एप्लिकेसन बनाइएको छ । हेल्पलाइन सेवा चौबीसै घण्टा उपलब्ध हुने उल्लेख छ । तर, चाहिएका बेला एम्बुलेन्स दिलाउने मामिलामा यो सुविधासमेत प्रभावकारी नभएको बिरामी तथा उनीहरूका आफन्तको गुनासो रहदै आएको छ । रूपन्देहीमा ८४, पश्चिम नवलपरासीमा २५, पाल्पामा २२, गुल्मीमा ४२, दाङमा ७३, कपिलवस्तुमा २८, बाँकेमा ५४, बर्दियामा २२, प्युठानमा २० र रोल्पामा ८ एम्बुलेन्स छन् । 

    प्रदेशमा अहिले ३ सय ६३ एम्बुलेन्स सञ्चालनमा रहेको संयुक्त एम्बुलेन्स चालक संघ (नेपाल ट्रेड युनियन) का केन्द्रीय महासचिव मुक्ति काफ्लेले वताउनु भयो । ‘हरेक जिल्लामा ५ वटा एम्बुलेन्स कोरोना संक्रमितका लागि छुट्ट्याएको भएपनि तर समयमा पाउन गारो हुने गरेको हो । लकडाउन सुरु भएदेखि नै निरन्तर सेवामा खटिइरहे पनि सरकारी निकायले स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामग्रीसमेत उपलब्ध नगराएको उहाँले गुनासो गर्नु भयो । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले एम्बुलेन्स नपाएर कोही बिरामी अलपत्र पर्ने अवस्था आए जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सकिने वताउनु भयो । 

  यसैविच प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमित बिरामी बोक्न नमान्ने एम्बुलेन्सलाई कारबाही प्रक्रिया सुरु गरेको छ । सेवाग्राहीले बोलाएको ठाउँमा नजाने र संक्रमित बिरामी हो भन्ने थाहा पाएपछि अन्य बहाना बनाएर बिरामी नबोक्ने एम्बुलेन्सलाई कारबाही थालेको हो । प्रदेशको स्वास्थ्य विकास निर्देशनालयमार्फत सोमबार जिल्ला प्रशाशन कार्यालयलाई पत्र लेख्दै ३ वटा एम्बुलेन्सलाई कारबाही गर्न निर्देशन दिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले वताउनु भयो ।

   बुटवलको कोरोना विशेष अस्पतालबाट डिस्चार्ज भएका नेपालगन्जका बिरामीलाई लैजान नमानेपछि निर्देशनालयले कारबाही प्रक्रियामा लगेको हो । निर्देशनालयले सेवाग्राहीको गुनासोका आधारमा बिरामी बोक्न नमान्ने अन्य १२ एम्बुलेन्सलाई मौखिक रुपमा सचेत गराएको छ । स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउँदा पनि कोभिड–१९ का बिरामी बोक्न नमान्ने जो कोही एम्बुलेन्सलाई कारबाही प्रक्रिया थाल्ने मन्त्री बरालको भनाइ छ ।

प्रकाशित : ९ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६