वाँके १० भदौ । बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार ३७ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका–१ का ती पुरुष सामान्य रुघाखोकी देखिएपछि सोमबारदेखि अस्पताल उपचार गराइरहेका थिए ।‘रुघाखोकी लागेर अस्पताल पुग्नुभएको रहेछ । राति १ बजेर ३० मिनेटमा मृत्यु भएको हो,’प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्घले भने ।योसँगै बाँकेमा पाँच जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
१० भाद्र २०७७, बुधबार
प्रतिक्रिया