अर्थ-वाणिज्य

स्थानीय सरकारको नमुना कलेजद्वारा प्राविधिक शिक्षामा भारी छुटको घोषणा



तुलसीपुर १० भदौ।स्थानीय सरकारले नमुना कलेज चलाउने प्रतिवद्धताका साथ प्राविधिक शिक्षामा भारी छुटको घोषणा गरिएको छ।आगामी शैक्षिक सत्रबाट सञ्चालन गर्नेगरी तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजले मेकानिकल इन्जिनियरिङ्ग, इलेक्ट्रोनिक इन्जिनियरिङ्ग, कृषि विज्ञान,फुड एण्ड डेरी लगायतका चार विषयमा सम्वन्धन पाएको कलेज सञ्चालक समितिका अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो      “स्थानीय सरकारले सञ्चालन गरेको नमुना कलेजका रुपमा हामीले स्थापना गर्न खोजिरहेका छौ” नगरप्रमुख पाण्डेले भन्नु भयो । कलेजमा सबै कार्यक्रमका लागि तीन वर्षको एकमुष्ट १ लाख ५० हजार शिक्षण शुल्क निर्धारण गरिएको छ । “निर्धारण गरिएको शुल्कमा अन्य क्षेत्रबाट आउनेलाई २० प्रतिशत र उपमहानगरबासीलाई ४० प्रतिशत छुटको व्यवस्था छ” सञ्चालक समितिका सदस्य सुर्यबहादुर डाँगीले वताउनु भयो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को साझेदारीमा सञ्चालनमा आएको कलेजले गत शैक्षिक सत्रबाट डिप्लोमा तहमा बन विज्ञान अध्यापन गराउदै आएको छ ।

        तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि कलेजले महत्वपूर्ण भुमिका खेल्न सक्ने नगरप्रमुख पाण्डेको भनाई छ । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि बहुप्राविधिक शिक्षालय मेट्रो कलेजको स्थापना गरेको उहाले बताउनु भयो  । “सञ्चालन गर्न निकै कठिन हुन्छ तर पनि निरन्तर लाग्ने हो भने सफल हुन सकिन्छ भन्ने उदाहरण हो कलेज” नगरप्रमुख पाण्डेले भन्नुभयो । गत शैक्षिक सत्रमा वन विज्ञान विषय अध्यापन गराउँदै आएको कलेजले यो वर्ष विभिन्न चारवटा प्राविधिक विषय अध्यापन गराउन लागेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीइभिटीको सहकार्यमा यसै शैक्षिक सत्रबाट मेट्रो कलेजमा अध्यापन हुनेगरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटिले बाली विज्ञान, फुड एण्ड डेरी, इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक र मेकानिकल इन्जिनियरिङ्ग विषय थप गरेको छ ।

        कोरोनाको जोखिमको समयमा प्राविधिक विषयको माग बढेको भएपनि विद्यार्थीहरुलाई त्यसको समयमै जानकारी नहुँदा समस्या आएको सञ्चालक समितिका सदस्य डाँगीले भने । उनले तुलसीपुरको मृुहार परिवर्तन गर्ने योजनाका रुपमा कलेज सञ्चालनको योजना अगाडी वढेको औल्याउनु भयो  । “पाँचहजार विद्यार्थीले अध्ययन गर्नेगरी भौतिक संरचना निर्माणको काम अगाडि वढाएका छौ” उनले भने । शिक्षा समिति संयोजक देवराज विकले मुनाफारहित ढँगले कलेज सञ्चालन भएको वताउँदै समुदायले अपनत्व महसुस गर्नुपर्नेमा जोड दिनु भयो । 

प्रकाशित : १० भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६