ब्रेकिंग न्युज

आइसोलेसनबाट भागेका संक्रमित नुवाकोटमा भेटिए



चितवन १० भदौँ । भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका  संक्रमित नुवाकोटमा भेटिएका छन् । भरतपुर महानगरपालिका–१२ बस्दै आएका १९ वर्षीय  पुरुष चोरीको आरोपमा पक्राउ परेका थिए । उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि  भदौं ६ गते उनको श्रीमतीको जमानीमा छाडेर भरतपुर अस्पताल पठाइएको थियो । हिजो (मगंलवार) विहानैदेखि अस्पतालमा नभेटिएपछि प्रहरीले खोजीकार्य तिब्र पारेको थियो । उनलाई आज (बुधवार) विहान ११ बजे नुवाकोटमा फेला परिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

   बेलकोटगढी गाँउपालिका वडा नम्वर ५ मा रहेको प्रहरी चेकपोष्टमा चेकजाँचका क्रममा उनलाई फेला पार्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो । उनि साइलकमा चितवनबाट नुवाकोट पुगेको प्रहरीले जनाएको छ । नुवाकोटको सदरमुकाम विदुरको आइसोलेसनमा राख्नका लागि समन्वय भइरहेको थापाले बताउनुभयो । 

प्रकाशित : १० भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६