शिक्षा

शिक्षा सेवा आयोगको पदमा नियुक्तिका लागि सिफारिस गर्न सर्च कमिटी गठन



काठमाडौं १० भदौ । शिक्षा सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न सर्च कमिटी गठन गरिएको छ ।मंगलबारको मन्त्रिपरिषद बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको नेतृत्वमा सर्च कमिटी गठन गरेको हो ।शिक्षा ऐनमा भएको सातौं संशोधनमा आयोगमा १ अध्यक्ष र २ जना सदस्य (एक महिला) गरी ३ सदस्यीय आयोग गठन हुने प्रावधान छ । तर हाल दुई सदस्य पद रिक्त छन् । आयोगका अध्यक्ष ताना गौतम छन् । गौतमको पनि कार्यकाल सकिँदै छ ।लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहने तीन सदस्यीय समितिको सिफारिसमा नेपाल सरकारले आयोगका पदाधिकारीहरुको नियुक्ति ५ वर्षका लागि गर्ने व्यवस्था शिक्षा ऐनमा छ ।

प्रकाशित : १० भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६