अर्थ-वाणिज्य

स्वास्थ्य अनुसन्धान परिषद प्रदेश तहमा विस्तार ,डा. आचार्यलाई प्रदेश संयोजकको जिम्मेवारी



कपिलवस्तु १० भदौ । लुम्विनी प्रादेशीक अस्पताल बुटवलमा कार्यरत डा.प्रशान्त आचार्यलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रदेश ५ को संयोजकको जिम्मेवारी प्रदान गरेको छ । परिषदको रणनीति २०७६ अनुसार परिषदलाई प्रदेश र स्थानीयतहमा विस्तार गर्ने र आवश्यक संरचना वनाउने प्रावधान अन्तर्गत कपिलवस्तुको बाणगंगा निवासी डा.आचार्यले प्रदेश संयोजकको जिम्मेवारी पाउनु भएको छ ।  

        नेपाल स्वास्थ्य अनुसन्धान परिषदको प्रदेश कार्यलय स्थापना गर्न र सोको संचालन एवम  समन्वयकालागि डा.आचार्यलाई संयोजकको जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ । प्रदेशमा शाखा स्थापनाको प्रारम्भीक काम गर्न संयोजकलाई दायित्व प्रदान गरिएको छ । स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य क्षेत्रको संघिय मोडलमा संस्थागत संरचना सुदृढीकरण ,जनशक्ति र पूर्वाधार तर्जुमा,क्षमता र प्राथमिकता निर्धारण,कार्यक्षेत्रको सेवा सवलीकरण जस्ता कामको संयोजन र नेतृत्व गर्ने गरेको छ । 

        लुम्विनी प्रादेशीक अस्पताल बुटवलमा कार्यरत डा. आचार्य रेडियोलोजिष्ट चिकित्सक हुनुहुन्छ  ।छोटो समयमै सामाजिक क्षेत्रमा योगदान गर्दै फरक पहिचान वनाएका यूवा डा= आचार्यले नेपाल सरकार मातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषदको महत्वपूर्ण जिम्मेवारी आफूले पाएकोमा  थप दायित्व बोध गरेर  सार्वजनिक जवाफदेही हुने गरी काम गर्ने प्रतिवद्धता  प्रेसपाटीसंग जनाउनु भयो ।

प्रकाशित : १० भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६