अर्थ-वाणिज्य

संक्रमणले घेरेपछि तात्यो प्रदेश ५ : थप्दै अक्सिजन जडित ८० आइशोलेशन बेड



बुटवल  ११ भदौ ।  प्रदेश ५ मा ४ सय ७ जना कोरोना संक्रमित होम आइसोलेसनमै बसेका छन् । लक्षण नदेखिएका संक्रमितलाई घरमै व्यवस्थापन गर्ने भन्दै उनीहरु घरमै बसेका हुन् । कतिपय पालिकाले आइसोलेसन व्यवस्था गर्न नसकेका कारण संक्रमित घरमै बस्न बाध्य छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा धेरै रुपन्देहीमा कोरोना संक्रमित घरमा छन् । बुधबार दिउँसोसम्म २ सय ६ जना संक्रमित घरको आइसोलेसनमा छन् ।

    कपिलवस्तुका १ सय ४४ जना पनि आफ्नै घरमा छन् । नवलपरासी पश्चिमका ४७, प्युठान र पाल्पाका ४/४ र दाङका २ जना संक्रमित आफ्नै घरमा उपचाररत छन् । घरमा रहेका संक्रमितलाई पालिकास्तरमा रहेका स्वास्थयकर्मीले फोनमार्फत निगरानी गर्ने मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले वताउनु भयो । प्रदेश ५ मा बुधबार दिउँसोसम्म एक हजार एक सय ३९ जना संक्रमित उपचारत छन् । संक्रमितको उपचारका लागि प्रदेशमा ४ वटा कोरोना विशेष अस्पताल छन् । तिनमा एक सय ४ जनाको उपचार भइरहेको छ । प्रदेशमा आइसोलेसन केन्द्र १ सय ३७ छन् । 

    यसैविच लक्षण सहितका बिरामी बढेपछि प्रदेश ५ का कोरोना विशेष अस्पतालमा अक्सिजन सहितका आइसोलेसन बेड थपिने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले ४ वटा कोरोना विशेष अस्पतालमा रहेका ८० वार्डलाई अक्सिजन सहितका आइसोलेसन बेडमा परिणत गर्न लागेको मन्त्रालयका सूचना अधिकृत डा. पुष्पराज पौडेलले वताउनु भयो । अक्सिजन सहितका आइसोलेसनमा कडा लक्षणसहितका संक्रमितलाई नियमित अक्सिजन थेरापी र निगरानीमा राखिने बताइएको छ । त्यसबाट निको नहुने विरामीलाई आईसीयूमा लगिने डा.पौडेलले वताउनु भयो । 

        मन्त्रालयका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको बुटवल कोरोना विशेष अस्पतालमा कुल ५४ बेड रहने छन् । त्यसमा १८ आईसीयू, अक्सिजनसहितका २० आइसोलेसन र १६ सामान्य आइसोलेसन बेड रहनेछन् । रुपन्देहीकै भैरहवास्थित भीम अस्पताल भैरहवामा २७ बेड रहनेछन् । जसमा ५ आईसीयू, अक्सिजनसहितका १३ आइसोलेसन र ९ सामान्य आइसोलेसन बेड रहनेछन् । दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा १ सय १३ बेड रहनेछन्

  यस्तै नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ६० बेड रहने छन् । जनशक्तिसहितको सिफारिस मन्त्रिपरिषदले स्वीकृत गरेपछि लागू हुने सूचना अधिकारी पौडेलले वताउनु भयो । प्रदेशमा ५ हजार ७ सय ५१ संक्रमितमध्ये लक्षण सहितका १ सय २५ जना रहेका छन् । 

प्रकाशित : ११ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६