लुम्बिनी

कोरोना पुष्टि भएपछि इलाका प्रशासन कार्यालय र स्वास्थ्य चौकी सिल



दाङ ११ भदौँ । दाङको इलाका प्रशासन कार्यालय तुलसीपुर र स्वास्थ्य चौकी सिल गरिएको छ । तुलसीपुर इलाका प्रशासन कार्यालयका चालकमा कोरोना सङ्क्रमण पुष्टि भएकाले सात दिनसम्म कार्यालय सिल गरिएको हो । यस्तै तुलसीपुर उपमहानगरपालिका ११ को बेलटाकुरामा रहेको स्वास्थ्य चौकी पनि सिल गरिएको छ । स्वास्थ्य चौकीका कर्मचारीमा पनि कोरोना देखिएपछि  कार्यालय  सिल गरिएको हो ।​समुदायस्तरमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि तुलसीपुर उपमहानगरपालिकाको बुधबार बेलुकी बसेको आपत्कालीन बैठकले तत्काल कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । बुधबार मात्रै तुलसीपुरका सात जनासहित दाङका १६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित : ११ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६