ब्रेकिंग न्युज

प्रदेश ५ : १२१० सकृय संक्रमित, १२७ उपचाररत अन्यको अवस्था ?



रुपन्देही ११ भदौ । प्रदेश ५ मा संक्रमितको संख्या ६ हजार १९ पुगेको छ। जसमध्ये पुरुष ५ हजार ८२ र महिला ९३७ जना रहेका छन्।जस मध्ये १२१० जना सक्रिय संक्रमित छन् भने १८ जनाको आइसियू र १०९ जनाको चारवाट कोरोना विशेष अस्पतालमा उपचार भई रहेको छ । अन्यसबैको अवस्था सामान्य छ ।यता बिहीबार ९६ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलका अनुसार उनीहरु ६५ पुरुष र ३० जना महिला हुन्।

        जसअनुसार बाँकेमा ३३, रुपन्देहीमा ३२, कपिलवस्तुमा १९, नवलपरासी पश्चिममा १०, बर्दियामा २ जना थपिएका छन्। मन्त्रालयका अनुसार दाङ, गुल्मी, अर्घाखाँची पाल्पा र रुकुम पूर्वमा संक्रमित थपिएका छैनन्। यता प्रदेश ५ मा ४६८७ जना संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ।प्रदेश ५ मा १२१० जना सक्रिय संक्रमित रहेका छन्।

     जसमध्ये ९४५ जना प्रदेशका आइसोलेशनहरुमा उपचाररत छन् भने १३८ जना क्‍वारेन्टिनमै रहेका छन्। उनीहरुलाई आइसोलेशनमा ल्याउने तयारी भएको डा पौडेलले जानकारी दिए।प्रदेश ५ मा बिहीबारसम्म १८ जनाको आइसीयूमा उपचार भइरहेको छ भने १०९ जनाको सामान्य उपचार जारी छ। अरु आइसोलेशनमा छन्। 

प्रकाशित : ११ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६