अर्थ-वाणिज्य

लकडाउनले वढायो बेरोजगारी ,न काम न राहत,के खाएर काट्ने होला दिन र रात ?



कपिलवस्तु ११ भदौ । कपिलवस्तुमा लकडाउनका बिचमा हजारौं नेपाली नागरिक भारतसंगै तेस्रो मुलुकबाट स्वादेश फिर्ता भएका छन । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार लकडाउनको बिचमा ७ हजार ७ सय ७२ जना नेपाली घर फर्किएका छन्  । यी मध्ये  केहीले स्वदेश फकिएर काम पाएपनि अधिकांशले भने बेरोजागरीको समस्या झेल्नु परिरहेको छ । कपिलवस्तु बाणगंगाका लक्ष्मण नेपाली भन्नु हुन्छ न काम न राहत के खाएर काट्ने होला दिनरात। चैतको दोस्रो साता भारतबाट स्वदेश फिर्ता भएका नेपालीहरु यतिबेला मजदुरीको काम नपाउँदा परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । 

        खानाको जोहो गर्न कै लागि कहिले खोलामा गिटटी चाल्ने , कसैका लागि बालुवा बोक्दै गरेको त कहिले कसैसंग दुईचार पैसा सापटी माग्दै चल्दै गरेको नेपालीको भनाइछ । उमेरले भर्खर २४ बर्ष काट्नु भएको नेपालीको घरमा अहिले श्रीमत एक छोरी सहित ९ जना हुनुहुन्छ । “पैसा कमाउन लागि भारत जाउ भन्ने महामारीको डर यहि केही गरौं भन्ने लकडाउनको कहर  भन्दै हामी जस्ता बेसहराको पक्षमा कहाँ छ  स्थानीय सरकार भन्ने प्रश्न गर्नु भयो । उहा सहित भारतबाट कोरोना महामारीको डरले स्वदेश आएका गाउँमा थुप्रै युवा छन । जुन युवालाई लक्ष्मण नेपालीलाई जस्तै अहिले साझ बिहानको एक छाक  टार्नको लागि मुश्किल परेको छ । 

        कोरोनाको सन्त्रासका कारण गत चैत महिनायता धेरै नेपाली भारतबाट स्वदेश फर्किएका छन् । बिदेशबाट फर्किएपछि नेपालमै अटो चलाएर घरपरिबार पाल्ने सोचका साथ अटो खरिद गर्नुभएका कमल बिकको समस्या पनि उस्तै छ । अटो किने लगत्तै लकडाउन भएपछि अटो घरमै थन्किएको छ । कोरोनाको समस्या हटेपछि भारत जाने योजना रहेको उहाले सुनाउनुभयो । कोरोनाको कहरसँगै घर फर्किन बाध्य भएका धेरै अहिले बेरोजगारको समस्या झेलिरहेका छन् । यो समस्या कपिलवस्तुमा मात्र होईन यतिबेला देशब्यापी रुपमा बेरोजगारीको समस्या महामारीले बढाएको छ । 

    यता खोलामा र घरको काम गर्दै आएका बाणगंगाका सुमित्रा थारु ,सुन्दर थारु ,बिन्दु परियारको  समस्या पनि उस्तै छ घरमा खानका लागि चामल सकिएको छ ,पैसाको नाम एक सुको नभएको उहाहरुको भनाई छ । आफ्नै गाउँठाउँमा मजदुरी गरेर कमाइ गर्ने सोचमा हुनुहुन्छ तर मजदुरीको काम पाउनु भएको छैन ।चैत्रको ११ गतेदेखी साउन ६ गतेसम्म देशब्यापी रुपमा सरकारले लगाएको लकडाउनमा दैनिकी मजदुरी गर्ने घरपरिबारलाई राहत वितरण भए पनि अहिले भने राहत वितरण भएको छैन । यो बिचमा राहत वितरण कुनै कार्यक्रम पनि स्थानिय तहले संचालनमा ल्याएक छैनन् । राहत वितरणमा केही पालिका संग कुराकानी गर्दा तयारी नभएको बताईएको छ । 

        यता आर्थिक बर्ष २०७७/७८ का लागि स्थानिय तहले बिदेशबाट फर्किएकाहरु लागि बिभिन्न शिर्षकमा बजेट पनि छुट्याएका छन । तर त्यो बजेट र कार्यक्रम शुरु हुन भने सकेको छैन । प्रदेश ५ सरकारले प्रदेशमा कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले उक्त कार्यक्रमको लागि ५१ करोड १४ लाख रुपैयाँ समेत छुट्टयाइएको छ । 

        यसैगरी सरकारले कोभिड–१९ का कारण विदेशबाट फर्केकाहरुको लागि प्रोत्साहन कार्यक्रम अन्तरगत २१ करोड ८० लाख खर्च गर्ने भएको छ । सो कार्यक्रम १०९ वटै पालिकामा गर्ने योजना रहेको छ । जुन बजेटमा कोभिड १९ का कारण रोजगारी गुमाएका मानिसहरूलाई स्थानीय स्तरमा नै अवसरहरू दिलाउन कार्यक्रमहरू प्रस्ताव गरिएका पनि छन । तर महामारी कारण प्रदेश र स्थानिय तहले छुट्याएका कार्यक्रम र बजेट अघि बढ्न सकेको छैन । 

        जसले गर्दा अहिले मुलुकमा धेरैजनाले बेरोजगारीको समस्या झेल्दै आएका छन । स्वादेश मै पनि पहिले देखी बिभिन्न ठाउँहरुमा काम गर्दै आएकाहरुको रोजगारी समेत यो कोरोनाको महामारीको बिचमा गुमेको छ । दिनप्रतिदिन कोरोनो महामारी बढ्दो अवस्थामा छ ,जसले गर्दा भोलीका दिनमा अझ थप चुनौति थपिने देखिएको छ । 

 

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६