अर्थ-वाणिज्य

प्रदेश सरकारको जनमुखी काम : लघु घरेलु तथा साना उद्योगको दर्ता बिना दाम



रुपन्देही, १२ भदौ। प्रदेश नं ५ सरकारले लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले आर्थिक वर्ष २०७७ ७८ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छूट दिने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।च्बमष्उबपजष् म्बलनबैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न तथा प्रदेशस्तरीय एकीकृत प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी मस्यौदा गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

        बैठकले आन्तरिक मामिला तथा कानूून मन्त्रालय, प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोग र प्रदेश पूर्वाधार विकास प्राधिकरणको संगठन संरचना तथा अस्थायी दरबन्दीका लागि स्वीकृति प्रदान गरेको छ ।सल्लाहकार केसीका अनुसार मन्त्रिपरिषद्को बैठकले कानूून मस्यौदा कार्यदलको म्याद गत साउन १ गतेदेखि आगामी पुस मसान्तसम्म छ महीना थप गर्ने पनि निर्णय गरेको छ ।कार्यदलका संयोजकमा मुख्य न्यायाधिवक्ता, आन्तरिक मामिला मन्त्रालयको कानूून महाशाखा प्रमुख सदस्य र विज्ञ सदस्य खुमाकान्त पौडेल रहेका छन् । बैठकले प्रदेश विपद् व्यवस्थापन कार्यसञ्चालन निर्देशिकाको पहिलो संशोधनलाई स्वीकृत गरेको छ । रासस

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६