जीवनशैली

चरा खोज्दै २३ वर्षे दँगाली ठिटो



कपिलवस्तु १२ भाद्र । लमहीका २३ वर्षीय राजीव डाँगी स्कुले उमेर देखी चरा मन पराउँथे । नजिक वन क्षेत्र भएको हुँदा घर वरपर चराको आउजाउ चलिरहन्थ्यो । त्यसैले चरा प्रति उनको प्रेम बसेको थियो । १९ औँ जन्मदिनमा बुवाको हातबाट उपहार स्वरूप क्यामरा पाएका थिए । त्यही क्यामराले पहिलो पटक चराको फोटो खिचेका थिए । त्यस पछि उनलाई चराको फोटो खिच्ने रहर जागेको थियो ।

         दँगालीहरूका लागी राजीव नौलो नाम होइन । विगत ४ वर्ष देखी चराको अध्ययनमा लागेका युवा पुस्ताको चर्चित अनुहार हो । उनले दाङका वन क्षेत्रमा रहेका १ सय ८० भन्दा बढी प्रजातिका चराको फोटो क्यामरामा कैद गरेका छन् । ती मध्ये तीसरी, राज लाहाचें, छातीकाले तोप चरा फेला पार्ने उनी पहिलो हुन । रहरले चरा फोटोग्राफी सुरु गरेका डाँगीले कुनै तालिम भने लिएका छैनन् । २ वर्ष अगाडी क्याननको सेभेन डी क्यामरा र छोटो र लामो दुरीको फोटो खिच्ने लेन्स लिएका छन् । क्यामरा चलाउन सिप उनले युट्युब हेरी सिकेका थिए ।


            चराको फोटो खिच्नका लागी उनी ५ दिन सम्म वनमा कुदेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज, खैरापुर , देखी पाल्पा सम्म चरा खोज्दै यात्रा गरेका छन् । ‘संयोग हो कहिले ५ मिनेटमा फेला पर्छ कहिले धेरै समय धाउनु पर्छ । देउखुरी उपत्यकाका वनमा भेटिएका चरा र वन्यजन्तुको विषयमा अनुसन्धान गरी रहेका छाँै । चरा अवलोकनको लागी देउखुरीलाई गन्तव्य स्थल बनाउने रहर छ ।

            ’ राजीव भन्छन् । वाइल्ड लाइफ फोटो ग्राफर सागर गिरी र वन्य जन्तु तथा चरा संरक्षणकर्मी चिरञ्जीवी खनाल सँग मिलेर सहकार्य गर्दै चरा अनुसन्धानमा लागी खटेका छन् । बिविएस अध्ययन सकाएका डाँगीलाई जागिर खाने रहर हराएको छ । बुवा आमाको व्यापारमा सघाउँदै दाङका चराहरू बृहत् अनुसन्धान गर्ने लक्ष्य लिएका छन् । उनका बुवा आमाले लमहीमा इँटा उद्योग र सेलर मिलको व्यवसायमा गर्दै आएका छन् ।

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६