कपिलवस्तु १३ भदौ । कपिलवस्तुको बाणगंगा नगरपालिका जनताले प्रत्यक्ष उपभोग गर्ने सेवा सुविधाको बृद्धिमा केन्द्रित हुदै गएकोछ । फलस्वरुप गर्भवती हरेक महिलाले निशुल्क एम्वुलेन्सको सुविधा नगरपालिकावाट पाउनेछन् । यति मात्र होइन अव किसानले एककल फोन गरेपछि उनीहरुकै खेतवारीमा रोमिङ जेटिए पुग्ने सुविधा नगरले यसै वर्षवाट विस्तार गरेको छ । यसकामका लागि चालु आवको वजेटमा ब्यवस्था गरेर २ जना जेटिए नियुक्त गर्नेगरी सूचना प्रकासित भई सकेको छ । यसरी यहि भदौ भित्रै नियुक्त हुने २ जना जेटिए हरेक दिन डयुटीकालागि किसानका घरखेतमा खटनेछन् । उनीहरु किसानले गरेको टेलिफोन र्सपर्कका आधारमा घरखेतमा पुगेर तरकारी ,फलफूल अन्य खेतीमा आई परेका समस्यावारे सहजीकरण गर्नेछन् ।
उपप्रमुख चक्रपाणी अर्यालले बाणगंगामा किसानहरुले स्थानीयतहवाट खासमा के सेवा सुविधा पाउदा उत्पादन वढाउन सक्छन् भनेर बिष्लेषण गर्दा रोमिङ जेटिए राख्ने निष्कर्षमा पुगेको वताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले सार्वजनिक सूचनावाट दक्ष ब्यक्तिको खोजी भएको र निबेदन संकलनको चरणमा रहेको वताउनु भयो। नियुक्त हुदासाथ किसानका घरदैलोमा खटाइने स्पष्ट पार्नु भयो । उहाले असौजको पहिलो सातावाट किसानले यो सुविधा पाउने औल्याउनु भयो । यता नगरले गरेको पछिल्लो निर्णय अनुसार एम्बुलेन्सलाई तिर्नुपर्ने भाडासमेत नहुँदा घरमै सुत्केरी हुनुपर्ने बाध्यतामा रहेका कपिलवस्तु बाणंगाका गर्भवती महिलाहरुले अब निशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् ।
पूर्ण संस्थागत प्रसूति सेवा अर्थात नो होम डेलिभरि कार्यक्रम प्रोत्सहनका लागि निशुल्क एम्बुलेन्स सेवा शुरु गरिएको हो । कुनैपनि गर्भवती–महिलाहरु प्रशूतिका लागि स्वास्थ्य संस्थाको सेवाबाट बन्चित नहुन भन्नका लागि एम्बुलेन्स सेवा निशुल्क गरिएको नगरपालिकाका प्रबक्ता बिष्णु पौडेलले बताउनुभएको छ । नगरपालिकाको पिपरा अस्पाताल, हथौसा स्वास्थ्य केन्द्र र कोपवा स्वास्थ्य चौकीमा सञ्चालन भएका ३ बर्थिक सेन्टरमा गरि ६ वटा एम्बुलेन्स तयारी अवस्थामा रहेको बताउनुभएको छ ।
वडा नं २ का वडा अध्यक्ष समेत रहनुभएको प्रबक्ता पौडेलले गत साउन ३२ गतेको कार्यपालिका बैठकले पनि निशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई स्विकृती गरेको बताउनुभयो । एम्बुलेन्स चालकसंग सहमति भएको बताउदै प्रबक्ता पोडेलले सुत्केरी हुन पालिका भित्रको स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेको अवस्थामा बुटवलसम्मको समेत भाडा नगरपालिकाले तिरिदिने बताईएको छ । यता नगरपालिको यस्तो निर्णय गरेसँगै विपन्न वर्गमा खुसी छाएको छ ।
प्रतिक्रिया