कपिलवस्तु १३ भदौ । कोराना भाईरसका कारण जारी लकडाउनले मुस्लिम समुदायको प्रमुख चाड मुहर्रम घर मै तहजियाको पुजापाठ गरी मनाउने निर्णय गरिएको छ । आउने आईतवार परेको मुहरर्म पर्व कपिलवस्तुमा मुस्लिम र मधेसी समुदायले धुमधामसंग मनाउने चलन छ । तर यस बर्ष कोरोनाका कारण बजागाजा नबजाउने, भीडमाड नगर्ने मेला नलगाउने र पसलहरु समेत नखोल्ने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा मुस्लिम अगुवा सहीत सरोकारवालाको बैकठले सो निर्णय गरेको हो ।
सो पर्वमा करबलामा बिर्सजन गरिने तहजिाया ट्याक्टरले घर घरमै गई संकलन गर्ने भएको छ । करबलामा बिर्सजन गर्दा बढीमा दुई जना मात्र मौलाना सहभागी हुने निर्णय भएको मुस्लिम अगुवा रउफ अहमद खाले वताउनु भयो । निर्णयको बिषयमा माईकिङ र ट्याक्टरको ब्यवस्थापन जमा मस्जिद आले सुन्नत समितिले गर्ने जनाइएको छ । मुस्लिमको बढी जनसंख्या रहेको कपिलस्तुका २ सय बढी करवलामा मेला लाग्ने र तहजिया सेलाउने गरिएकोमा यस बर्ष भने लकडाउनले सो पर्व खल्लो बनेको मुस्लिम अगुवाहरुको भनाई छ । अगुवा खानले निर्णयको पालना गर्न सवैमा अपिल गर्नु भएको छ ।
प्रतिक्रिया