काठमाण्डौ १३ भदौ । सरकारले अस्पताल नरहेका ६४९ स्थानीयतहमा कम्तीमा ५ शैयाको अस्पताल बनाउन आवश्यक रकम निकासा दिएको छ । जसका कारण अव सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ हुने छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णयमा हस्ताक्षर गर्नु भएको हो ।
यो निर्णय संगै हाल सम्म पनि अस्पताल नभएका ६४९ तहमा ५ शैयाको अस्पतालको सेवा तत्कालै सुरू हुनेछ ।अस्पताल सन्चालन गर्नका लागि आवश्यक औजार र उपकारण खरिदका लागि शुक्रवार मात्र ६४ करोड निकासा भएको छ ।स्थानीय तहमा स्थापन हुने अस्पतालमा प्रारम्भ देखि नै कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुइर्एजना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन ।
यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाइ नै दिइएको छ ।
प्रतिक्रिया