अर्थ-वाणिज्य

जहाँ क्वारेण्टाइन त्यहा फिल्टर : कपिलवस्तुका ९५ वटा बिद्यालयलाई हस्तान्तरण



कपिलवस्तु १३ भदौ ।नेपाल ईन्जिनियर एसोसिएसन प्रदेश ५ ले कपिलवस्तुका बिभिन्न पालिकाहरुमा रहेका ९५ वटा सामुदायिक बिद्यालयहरुको क्वारेन्टाईनमा पानी छान्ने फिल्टर सहित बाल्टिन स्टेन्ड वितरण गरेको छ । प्रदेश सांसद बिष्णु पन्थीको बिशेष पहलमा ,नेपाल ईन्जिनियर एसोसिएसन प्रदेश ५, रोटरी क्लव अफ चितवन नारायणगढ ,वाईन टु वाटर नेपाल र रोट्रयाक क्लव अफ नारायणगढले कपिलवस्तुमा बनाईएका क्वारेन्टाईनका बिद्यालयहरुलाई पानी फिल्टर मेसिनका साथै बाल्टिन, बाल्टिन स्टेन्ड समेत वितरण गरेको हो ।


    शुद्ध पिउने पानीको फिल्टर र हात धुने स्टेन्ड सहितको पानी ट्यांकी भएपछि बिद्यालयका बालबालिकाहरुलाई बिद्यालय सञ्चालन पछि सहज पुग्ने सांसद पन्थीले बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक सगठन कपिलवस्तुका अध्यक्ष रमेश पन्थी , शिक्षक महासंघ बाणगंगाका अध्यक्ष अर्जुन शाही र झण्डा माबिका शिक्षक प्रेम ढकाललाई पानी छान्ने फिल्टर सहितको ट्यांकी हस्तान्तर गर्दै सांसद पन्थीले यस्तो बताउनुभएको हो ।कपिलवस्तुमा कोरोना संक्रमितहरुको संख्या धेरै रहेको भन्दै ४ संस्थाले जिल्लाका ९५ वटा क्वारेन्टाईहरुलाई ट्याकी हस्तान्तरण गर्ने भएका हुन ।

        समाजप्रतिको उतरदायित्व पूरा गर्ने उद्देश्यका साथ वितरण गरिएको फिल्टरबाट शुद्धपानी खानका लागि क्वारेन्टाईनमा रहेकाहरुलाई ठूलो मद्दत पुग्ने नेपाल ईन्जिनियर एसोसिएसन प्रदेश ५ का सभापति कुसुम राज ज्ञवालीले बताउनुभयो ।यसअघि कोरोना सक्रंमित धेरै रहेका जिल्लाहरु प्रदेश ५ का बाके ,बर्दिया ,दाङ र रुपन्देहीको भैरहवामा रहेका क्वारेन्टाईनहरुमा पनि हेन्डवास स्टिम सहितको फिल्टर वितरण गरिएको जनाईएको छ ।

प्रकाशित : १३ भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६