प्रदेश

दाङमा कोरोनाको गति तीब्र बन्दै २ चिकित्सक सहित १९ संक्रमित थपिए



दाङ १३ भदौ । केहि समय मन्दगतिमा रहेको दाङमा पछिल्लो पटक कोरोना संक्रमण तीव्र हुने संकेत देखिएको छ ।  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत दुईजना चिकित्सकसहित दाङमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तुलसीपुरस्थित अस्पतालमा संक्रमित हुनेहरुमा ४ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

        केही दिनअघि तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य चौकीमा कार्यरत एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। तुलसीपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीका अनुसार प्रादेशिक अस्पतालमा कार्यरत सबैको स्वाब संकलन गरिएको थियो।घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शनिबार घोराहीका १० जनासहित १९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।केही दिनअघि घोराहीको एक बैंकका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट टे्रसिङ गर्दा बजारकै थप १० जनामा संक्रमण पुष्टि भएको बताइएको छ।

प्रकाशित : १४ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६