अन्तर्राष्ट्रिय

कोरोनाबाट विश्वका १६ देशमा १ सय ९५ जना नेपालीको मृत्यु



काठमाण्डौ १४ भदौँ । गएको साता विदेशमा कार्यरत थप तीन नेपालीको कोरोनाबाट ज्यान गएको छ ।गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका अनुसार गएको साता बेलायतमा १ र यूएईमा २ जना नेपालीको ज्यान गएको हो । यो सँँगै शनिबार साँझसम्ममा विश्वका १६ देशमा १ सय ९५ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ ।कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायतका देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।

      अहिलेसम्म विदेशका विभिन्न ३८ देशमा रहेका ३४ हजार ७ सय १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना सङ्क्रमणबाट निको भएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ ।स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार दक्षिण अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना सङ्क्रमण सामान्य बढेको छ । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि नेपाली समुदायमा सङ्क्रमण सामान्य रुपमा बढेको डा। सापकोटाले बताउनुभयो ।

              गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको जोखिम कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा. सापकोटाले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि सङ्क्रमण बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नैपर्ने भए सीमित संख्या र सामाजिक दूरी कायम गर्न आग्रह गर्नुभयो ।डा सापकोटाले कोरोना सङ्क्रमणका क्रममा मनोबल उच्च राख्नसमेत आग्रह गर्नुभएको छ ।

           कोरोना सङ्क्रमणको बढ्दो जोखिमले सर्वसाधरणमा एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उहाँले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउनु आग्रह गर्नुभएको हो ।आफूलाई पहिलो प्राथमिकतामा राखेर सर्तकता अपनाउनुपर्ने डा। सापकोटाको भनाई छ । मानसिक तनावबाट सकेसम्म मुक्त हुन, एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीतसंगीत सुन्न र योग तथा ध्यान गर्न समेत डा सापकोटाले अनुरोध गर्नुभयो ।

प्रकाशित : १४ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६