अन्तर्राष्ट्रिय

पछिल्लो २४ घण्टामा भारतमा ७८ हजार ७६१ नयाँ संक्रमित फेला परे



काठमाडौं १४ भदौ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका अहिलेसम्म कै धेरै संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा भारतमा ७८ हजार ७६१ नयाँ संक्रमित फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि अमेरिकाले एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने रेकर्ड बनाएको थियो । अमेरिकामा एकैदिन ७७ हजार ६३८ संक्रमित फेला परेका थिए । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लख ४२ हजार ७३४ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ६३ हजार ४९८ पुगेको छ ।

                पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ९४८ जनाको मृत्यु भएको हो ।भारतमा अहिलेसम्म कोरोना भाइरसका २७ लाख १३ हजार ९३४ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । अहिले सात लाख ६५ हजार ३०२ संक्रमित निको हुन बाँकी छन् ।भारत कोरोना संक्रमित संख्याको आधारमा सबैभन्दा प्रभावित तेस्रो मुलुक हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार सबैभन्दा प्रभावित अमेरिकामा अहिलेसम्म ५९ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने ब्राजिलमा ३८ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् ।

प्रकाशित : १४ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६