काठमाडौं १४ भदौ। रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारकाक्रममा एक संक्रमितको ज्यान गएको छ । आइतबार बिहान अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मध्याह्न साढे १२ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या हुनुका साथै ज्वरो आएपछि उनी उनी मुटु रोग, मधुमेह र प्रेसरको समस्या रहेको अस्पतालले जनाएको थिए ।मृतक कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।
१४ भाद्र २०७७, आइतबार
प्रतिक्रिया