ब्रेकिंग न्युज

सैनामैना नगरपालीकामा भदौँ २० सम्म लकडाउन थप



रुपन्देही १४ भदौँ ।  रुपन्देहीको सैनामैना नगरपालिकामा भदौँ २० गतेसम्म  लकडाउन थप हुनेभएको छ । आइतबार बसेको नगरको विपद् व्यवस्थापन समितिको बैठकले  लकडाउन लम्बाउने निर्णय गरेको हो ।आइतबार सैनामैना नगरपालिका कोरोना संक्रमितको संख्या थपिए पछि नगरले लकडाउन लम्बाउने निर्णय गरेको  नगरपालिकाका जनस्वास्थ्य प्रमुख हेमराज पन्थीले बताउनुभयो । नगरमा ६ जना पुरुष र १ महिला गरी ७ जना संक्रमित थपिएका हुन् ।

            यस अघि सैनामैनामा रहेका सबै ४४ संक्रमित निको भएका छन् ।सैनामैना नगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि भदौ १ गतेदेखि ७ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर नै कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै भदौ २ गतेदेखि १४ गते राति १२ बजेसम्म लकडाउन गरेको छ ।

प्रकाशित : १४ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६