काठमाडौं १४ भदौ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयले पीसीआर टेष्टको शुल्क ४ हजार ४सय रुपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभयो । सेवा शुल्क सबै जोडेर यो भन्दा बढी लिन नपाईने वताउनु भयो ।
यसअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले नै ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो । सरकारले गर्ने निःशुल्क कोरोना परीक्षणका लागि नयाँ मापदण्ड तोक्ने तयारी गरेको छ । सहायक प्रवक्ता अधिकारीका अनुुसार अब संक्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्नेहरुको मात्र निःशुल्क परीक्षण गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया