अर्थ-वाणिज्य

सिनियर इन्जिनियर मनिषकुमार घूस सहित पक्राउ



रूपन्देही १५ भदौ । भौतिक पूर्वाधार विकास कार्यालय बाँकेका सिनियर इन्जिनियर मनिषकुमार अर्याल घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले ५ लाख ३० हजार रुपैयाँ स्रोत नखुलेको रकमसहित अर्याललाई आइतबार पक्राउ गरेको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख समेत रहेका इन्जिनियर अर्याललाई अख्तियारको टोलीले बुटवलस्थित भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाट पक्राउ गरेको थियो ।

        स्रोतका अनुसार उनी रकम बोकेरै मन्त्रालय पुगेका थिए । गोप्य सूचनाका आधारमा ६६–१–०७६१ नम्बरको गाडीसहित आयोगको स्टिङ अपरेसनबाट अर्याललाई नियन्त्रणमा लिइएको बुटवलस्थि अख्तियार कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो । 

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६