अर्घाखाँची १५ भदौ । सर्पले डसेपछी चिकित्सकले मृत घोषणा गरिसकेको शवलाई तांत्रिक बिधीबाट उपचार गरि ब्युँताउने भन्दै झारफुक गरिरहेका बेला प्रहरीले एक जना बैधलाई पक्राउ गरेको छ । झारफुक गरिरहेका कपिलवस्तु बाणगंगा ७ मुर्मीका ७० बर्षिय कर्ताराम चौधरीलाई रातीनै नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले बताए ।जिल्लाको शितगंगा ५ थारपाईला करापु निवासी २६ बर्षिय यम बहादुर बेल्बासेलाई भदौ १३ गते राती ओछ्यानमा सुत्नेक्रममा सिरकको खोलभित्र लट्पट्टीएर बसेको सर्पले शरिरको भुँडीमा टोक्यो ।
निषेधाज्ञाको बेला रातिको समयमा सर्पले डसेपछी गाडि नचलेको अवस्थामा बिगट ठाउँबाट गाउँलेले बिरामीलाई घण्टौ बोकेर एम्बुलेन्स चल्न सक्ने गोरूसिङगे सन्धिखर्क सडकखण्डको ठाडा अमराई सम्म ल्याएपछी हतार हतार गरि छिटो उपचार गर्न गोरूसिङगे सर्पदंश उपचारकेन्द्रमा आफन्तले पुर्याए । गोरूसिङगे सर्पदंश उपचारकेन्द्रले बिरामीको अवस्था गम्भीर भैसकेको र उपचार गर्न नसक्ने भन्दै बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिदियो । बिरामीलाई गोरूिङ्गेबाट बुटवल लैजादा एक रात बितिसकेको थियो ।
पुस्न बिरामीको बुटवल लैजानेक्रममा बाटोमै मृत्यु भयो । अर्को दिन भदौ १४ गते बिहान ८ बजेर ३२ मिनेट जाँदा चिकित्सकले सर्पले डसेको बिरामीलाई मृत घोषणा गरि फिर्ता गरिदिए । अस्पतालले मृत घोषणा गरेपछि शवलाई फर्काएर आफन्तले अर्घाखाँची शितगंगा ५ थारपाईला करापु घरमा ल्याएर आफन्तले शवको अनुहार हेरपछी गाउँलेले शबको अन्तिम दाहासंस्कार गर्न सितखोलाको भाविन आर्यघाटमा लगेका थिए । आर्यघाटमा शव पुर्याउने बित्तिकै त्यतिकैमा तराईबाट मृतकका आफन्तको टेलीफोन आयो ।
सर्पले डसेको तीन दिन भित्र बैधले तांत्रिक बिधिबाट झारफुक गरि ओखती खुवाएपछी निको पार्ने खबर सुनेका छौं , अहिले अन्यष्टि गर्न रोकौं , बैधले तांत्रिक बिधीबाट झारफुक गरेपछी ब्युँतिपो हाल्छ कि भनेर फोन आएपछि मृतकका आफन्त र मलामी गएका छिमेकीहरूले शवलाई करिव ५ घण्टा आर्यघाटमा राखेर झारफुकबाट निको हुने आसमा पुस्न शवलाई आर्यघाटबाट गाउँ फर्काईएको मृतका जेठा बुवा टेकबहादुर बेल्बासेले बताए । मरिसकेको निर्जीव शरीर ब्युँतिने आसमा बैधको प्रतिक्षामा बसेका आफन्त र गाउँलेहरूमा आईतबार साँझ करिव ५ बजे बैध आएर झारफुक गर्दा आफुले बचाउन नसक्ने भनेपछी पलाएको आसाको त्यान्द्रो चुडिएको मृतकका बुवा लेख बहादुर बेल्बासेले दुखेसो गरे ।
बैधको उपचार पछि छोरो ब्युँतिने आसमा आर्यघाटमा पुर्याईएको शवलाई फर्काएर गाउँ फर्काईयो तर बैधको उपचारपछि पनि मरिसकेको छोरो ब्युँतिने आस मरेपछी अन्तिम दाहासंस्कार गरिएको गहभरी आँसु झार्दै मृतकका वुवा लेख बहादुरले भने, यस्तो पीडा कसैलाई नपरोस । ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतको नेतृत्वमा निस्किएको प्रहरीको गस्तीले चिकित्सकले मृत घोषणा गरिसकेको शवलाई तांत्रिक बिधीबाट सर्पको बीस मारेर ब्युताउँने भन्दै झारफुक गरिरहेको अवस्थामा बैधलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार करिव १७ घण्टापछी उनलाई गोरूसिङगे सर्पदंश उपचारकेन्द्रमा पुर्याईएको थियो ।
चिकित्सकले मृत घोषणा गरिसकेको शवलाई बैधले तांत्रिक बिधीबाट सर्पको बीस मारेर ब्युँताउने बिस्वास दिएपछि निको हुने आसमा रहेका आफन्त , छरछिमेकले शवको दुरगन्धीत फैलिन थालेपछी करिव सर्पले डसेको ३६ घण्टा पछि शवको अन्त्यष्टि गरेका छन् । बैधको उपचार पछि ब्युँतिने आसमा आर्यघाटमा लगिएको लासलाई फर्काएर रातभरी आफन्त र गाउँलेले शवलाई कुरेपछी सोमबार बिहान मात्र अन्त्यष्टि गरिएको स्थानिय तारा प्रसाद अधिकारीले बताए । मृतकको एक श्रीमती सहित साना साना एक छोरा,एक छोरी रहेका छन् ।
प्रतिक्रिया