ब्रेकिंग न्युज

शिवराजमा ३० शैयाको आईसोलेसन सेन्टर आजबाट सञ्चालनमा



कपिलवस्तु १५ भदौँ ।  विश्व महामरीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाले निर्माण गरेको ३० शैयाको आईसोलेसन सेन्टर  आजबाट सुचारु भएको छ । प्रदेश सभा सदस्य अर्जुन केसी प्रशासकीय प्रमुख शेषकान्त पौडेल ,चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल लगायतको उपस्थितिमा आईसोलेसन सेन्टरको उद्धघाटन भएको नगरप्रमुख नेत्रराज अधिकारीले जानकारी दिनुभयो । नगरपालीकाले करिब ७२ लाखको लागतमा निमार्ण गरेको उक्त आइसुलेसनमा अहिले  ५ जना सक्रिय संक्रमित रहेकाछन् । यस अघि नगरले होटल भाडामा लिएर संक्रमितलाई व्यवस्थापन गरेको नगरप्रमुख अधिकारीले बताउनुभयो । 

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६