ब्रेकिंग न्युज

घिरौलाको भरमा छाक टारेकी सुत्केरीलाई पौष्टिक आहार



कपिलवस्तु १५ भदौँ । बुद्धभुमि नगरपालीका वडा नं. ३ दुवियाकी सुत्केरीलाई बास्मती थारुलाई पौष्टिक आहारका लागी पहिलो पाईला नेपालले सहयोग गरेको छ ।  इट्टा भट्टमा काम गर्दै आएका २५ बर्षिय थारुका श्रीमानको लकडाउन पछि रोजगारबिहिन भएपछि छाक टार्नै धौ धौ भएको थियो । स्थानिय युवा अभियानता एवं पहिलो पाईला नेपाल बुटवल शाखाका  सचिव पारस मरासीनीले थारुको पारिवारीक अवस्था बारे जानकारी पाएपछि सहयोग गर्ने प्रतिज्ञा गर्नुभयो । त्यसै अनुरुप पहिलो पाईला नेपाल बुटवल शाखाको सहयोगमा अण्डा ,घ्यु , चामल ,दाल ,मासु लगायतका आवश्यक खाध्यय्न सामाग्री हस्तान्तरण गरेको बताउनुभएको छ ।


सामाग्री हस्तान्तरण गर्दै पहिलो पाईला नेपाल बुटवल शाखाका सचिव पारस मरासिनीले घर बनाउन समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जहाँ दुख्छ त्यहाँ पहिलो पाईला पुग्छ भन्ने मुल नारा लिएर सामाजिक क्षेत्रमा अग्रसर संस्थाले कार्यक्षेत्र बाहिर गएर पनी दुखीको घाउमा मलम लगाउने गरेको छ ।त्यस्तै  रुपन्देही फर्साटिक्कर घर भएका अभियानता अर्जुन रेग्मिको पहलमा सुत्केरी र बच्चालाई लुगा समेत प्रदान गरिएको छ । 

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६