ब्रेकिंग न्युज

विद्यार्थीले शिक्षक कुटेपछि विधालय अनिश्चितकालका लागि बन्द



सिन्धुली १५ भदौँ । माध्यमिक शिक्षा परीक्षा परीक्षामा नम्बर कम दिएको भन्दै विद्यार्थीले शिक्षकलाई कुटेपछि अनिश्चितकालका लागि विधालय बन्द भएको छ ।सिन्धुलीको सुनकोशी गाँउपालिका ७ मझुवामा रहेको गणेश माविका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अङ्ग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई एसईई परीक्षामा नम्बर कम दिएको भन्दै आइतबार दिउँसो विद्यार्थीले विद्यालयको कार्यालयमा नै प्रवेश गरी कुटेका थिए । त्यसलगत्तै शिक्षकहरुको बसेको स्टाफ बैठकले सुरक्षाको माग गर्दै कार्यरत शिक्षकले अनिश्चितकालका लागि विद्यालय बन्द गराएका हुन् । विद्यालयका शिक्षक झलक दाहालले शिक्षकहरु विद्यार्थीबाटै असुरक्षित भएकोले बैठक बसी सुरक्षाको माग गर्दै अनिश्चितकालीन रुपमा विद्यालय वन्द गरिएको हो ।

      शिक्षकले नम्बर कम दिएका कारण माथिल्लो शिक्षा लिन बञ्चित हुने भन्दै तीन जना विद्यार्थी कार्यालयमा प्रवेश गरी प्रअ सुनुवार र शिक्षक भण्डारीलाई कुटपिट गरेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘तीन जना छात्र सरासर कार्यालय कोठामा प्रवेश गरेर पहिला हेडसरलाई मुखमा हिर्काए र अर्का शिक्षकलाई लछारपछार गरे । कुटपिटबाट प्रअ सुनुवारको मुखमा गम्भीर चोट लागेको छ, नाथ्री फुटेर रगत बगेको र ओठ समेत काटेको छ भने अर्का शिक्षक भण्डारीको जिउमा निलडाम छ ।’स्थानीय स्वास्थ्य चौकीमा दुवै जना शिक्षकको प्राथमिक उपचार गरिएको छ । विद्यालयबाट ६० जना एसईईमा सहभागीमध्ये नौ जनाको रिजल्ट ‘सी’ आएको र तिनैमध्येका तीन जनाले कुटपिट गरेको विद्यालयले जनाएको छ । 

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६