अन्तर्राष्ट्रिय

रहेनन् पूर्व राष्ट्रपति मुखर्जी ,आरआर अस्पतालमा मृत्यू



एजेन्सी १५ भदौ ।  भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो । ८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सोमबार अस्पतालले दिएको जानकारीअनुसार उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो ।सेप्टिक सक संक्रमणका कारण निम्तिने गर्छ । यसले शरीरमा अत्यधिक परिवर्तन निम्त्याउँछ । रक्तचापमा अत्यधिक गिरावट आएपछि सेप्टिक सक हुने गर्छ ।

        मुखर्जीको निधनको जानकारी दिँदै उनका छोरा अभिजीत मुखर्जीले गरेका ट्वीटमा भनेका छन् — गह्रौं हृदयका साथ यो सूचित गर्दछु कि आरआर अस्पतालका डाक्टरहरुको अधिकतम प्रयास तथा भारतभरिका जनताका प्रार्थना र शुभेच्छाका बाबजूद मेरा बुबा श्री प्रणब मुखर्जीको निधन भएको छ ।केही दिनअघि नै पनि मुखर्जीको निधन भएको खबर फैलिएको थियो । तर सो खबर गलत रहेको कुरा उनको छोराले नै ट्वीटमार्फत् बताएका थिए । 

हालसालै मात्र मस्तिष्कको अप्रेसन गरिएका मुखर्जी कोरोना भाइरस पोजेटिभ फेला परेका थिए । सन् २०१२ मा भारतका राष्ट्रपति बनेको मुखर्जी २०१७ सालसम्म आफ्नो पूर्णकाल राष्ट्रपति रहेका थिए । उनलाई सन् २०१९ सालमा भारत रत्नले सम्मानित गरिएको थियो । उनको जन्म सन् १९३५, ११ डिसेम्बरमा पश्चिम बंगालको मिराती गाउँमा भएको थियो । कलकत्ता विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा एमए गरेका उनी १९६३ मा कोलकोत्तामा विद्यानगर कलेजमा राजनीति शास्त्रको प्रध्यापक समेत भएका थिए ।

    १९६९ देखि राजनीतिक यात्रा सुरु गरेका उनलाई इन्दिरा गान्धीले भारतीय काँग्रेसमा प्रवेश गराएकी थिइन् । उनी १९६९ समा राज्यसभामा निर्वाचित भएका थिए । त्यसपछि १९७५, १९८१, १९८३ र १९९९मा राज्यसभामा लगातार निर्वाचित भएका थिए । त्यसपछि उनी लगातार विदेश, वित्त, रक्षामन्त्री समेत भए । 

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६