प्रदेश

भीम अस्पतालमा आईसियू सेवा शुरु ,जनशक्तिको ब्यवस्थापन आन्तरीक श्रोतवाट



भैरहवा १५ भदौ । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा आइसीयू सञ्चालनमा आएको छ। सोमबारदेखि अस्पतालमा सिकिस्त भएका कोरोना संक्रमितको उपचारका लागि  ५ वटा बेडसहितको आइसीयू सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिनु भएकोछ ।उहाका अनुसार आइसीयूमा ४ जना भर्ना भइसकेका छन्। जसमध्ये बुटवल ६ का ३ जना हुन् भने धकधईका १ जना हुन्। अस्पतालले आइसीयू बेड सञ्चालनमा ल्याएपनि जनशक्ति भने अभाव छ। युनिभर्सल मेडिकल कलेजको सहयोगमा बिरामीलाई बेहोस बनाउने एनेस्थेसिया आएपनि कन्सल्ट्यान्ट फिजिसियन, मेडिकल अफिसर र नर्सिङका कर्मचारी अभाव छन्।  तत्कालका लागि अस्पतालले आन्तरिक जनशक्ति व्यवस्थापन गरेर आइसीयू सञ्चालन गर्ने पोखरेलले जनाउनु भयो ।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६