कपिलवस्तु १६ भदौ । राष्ट्रिय यूवासंघ नेपालले कपिलवस्तुका हरेक पालिकामा मास्क र सेनेटाइजर वितरण गर्ने अभियान शुभारम्भ भएको छ । जसका लागि बाणगंगा ४ जितपुरमा माक्स र सेनिटाईजर हस्तानान्तरण गरिएको छ । स्वास्थ्य कर्मी र शुरक्षाकर्मीकोे स्वास्थ्य सुरक्षामा सहयोग र काम प्रति थप उत्साह जागोस भनी पहिलो चरणमा १० हजार थान माक्स र सेनिटाईजर उनीहरुलाई नै लक्षितगरि बितरण गर्न हस्तान्तरण गरिएको हो ।
प्रदेश ५ का साँसद बिष्णु पन्थीको समन्वय र सहजिकरणमा हस्तान्तरण गरिएका माक्स र सेनिटाईजर राष्ट्रिय युवा सँघ नेपाल जिल्ला कार्य समिती कपिलवस्तुले सबै पालिकामा बितरण गर्ने भएको छ । कोभिड १९ को नियन्त्रणमा फ्रन्टलाईनमा खटेर काम गर्ने स्वास्थ्यकर्मी र शुरक्षाकर्मीहरुलाई बितरण गरिने भएको हो । साँसद पन्थीले सँघका पदाधिकारीलाई हस्तान्तरण गर्दै आबश्यकता अनुसार अर्को चरणमा पनि उपलब्ध गराउने बताउनुभयो । आवश्यक परेजति उपलब्ध गराउनु आफू प्रतिबद्ध रहेको जनाउनु भयो ।
सामाग्री बुझ्दै युवा सँघ नेपालका केन्द्रिय सदस्य गोपालमणी ज्ञवालीले सँघले पहिलो चरणमा बाणगँगा नगर क्षेत्र भित्र फ्रन्टलाईनमा रहेर काम गर्नेहरु स्वास्थ्यकर्मी र शुरक्षाकर्मीहरुलाई प्राथमिकतामा राखेर वितरण गरिने वताउनु भयो । यसैगरी सबै पालिकामा वितरण गर्छाैं उहाले प्रष्टयाउनुभयो । ज्ञवालीले यो भन्दा अगाडी पनी राष्ट्रिय युवा सँघ नेपालले १ हजार बढी घरधुरीमा राहत बितरण गरिएको स्मरण गर्दै यो बिषम परिस्थितीमा आर्थिक अबस्थाका कारण जो कोहीलाई भोकै बस्न नपर्ने गरी सहयोग गर्ने समेत बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा प्रदेश साँसद बिष्णु पन्थी, युवा सँघ नेपालका पुर्ब लुम्बिनी सचिब सर्बेन्द्रदेब खनाल, जिल्ला सदस्य कमल क्षेत्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाणगंगा नगरका अध्यक्ष शंकर पाण्डे, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कपिलवस्तुका अध्यक्ष रमेश पन्थी लगायत युवा सँघका कार्यक्रताहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया