काठमाडौं, १६ भदौ । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उहाको रिपोर्ट पोजेटिभ आएको हो ।यसैगरीबरिष्ठ स्त्रीरोग विशेषज्ञ डा। भोला रिजाललाई कोरोना संक्रकण भएको छ । उहाले आफू र श्रीमतीलाई कोरोना सङ्क्रमणसंक्रमण पुष्टि भएको बताउनु भएकोछ ।
संक्रमण देखिएपछि रिजाल अहिले ह्याम्स हस्पिटल, धुम्बाराहीको आइसोलेसनमा उपचार गराइरहनु भएको छ । उहामा सामान्य लक्षण देखिएको छ ।भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहालाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो आएपछि परीक्षण गराउदा सोमबार राति १० बजे मात्रै संक्रमण पुष्टि भएको हो ।मन्त्री घिमिरे सरकारका कामका शीलसिलामा ब्यस्त भएर विभिन्न अस्पतालको निरीक्षण गर्ने क्रममा संक्रमित बनेको अनुमान छ ।
उहा शनिबार साँझदेखि निवासमै बस्नु भएको छ ।अत्यन्तै सावधानी अपनाएर काममा खटिएका चिकित्सक र मन्त्री नै संक्रमित हुनुलाई यस अघिको संक्रमणले भन्दा फड्को हानेको मान्न सकिन्छ । यसको अर्थ अझ धेरै सावधानी संक्रमणवाट जोगिन जरुरी देखिएको छ ।
प्रतिक्रिया