ब्रेकिंग न्युज

बुटवलमा पनि फुड बैंक सञ्चालनमा



बुटवल १६ भदौ। मजदुर र विपन्न वर्गलाई लक्षित गरी बुटवलमा पनि फुड बैंक सञ्चालनमा आएको छ ।सामाजिक सञ्जाल फेसबुकमा सक्रिय ‘घर घरमा हामी’ अभियानले बुटवल–११ देवीनगरमा फुड बैंक सञ्चालनमा ल्याएको हो । ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ नारासहित स्थापना गरिएको फुड बैंकमा दाताहरुबाट स्वेच्छिकरुपमा चामल, दाल, नुन, तेल, पीठो, चिउरा, चाउचाउ, सोयाबिन र तरकारी जस्ता खाद्यान्न संकलन गरी समस्यामा परेकालाई वितरण गरिने अभियानका संयोजक शिव डुम्रेले बताए ।एक परिवारलाई ३ केजी चामल, १ केजी दाल, १ पोका तेल, एक पोका नुन, एक पोका सोयाबिन, चाउचाउ, चिउरा, सम्भव भएसम्म हरियो तरकारी तथा मास्क र सेनिटाइजर समेत वितरण गरिने डुम्रेले बताए ।

                  वडा कार्यालय, टोल विकास संस्था र स्थानीय क्लबहरुसँगको समन्वयमा खाद्यान्न लिनेहरुको अभिलेखीकरण गरी दुरुपयोग हुन नदिइने उनले बताए ।फुड बैंक सञ्चालनमा देवीनगर अस्थायी प्रहरी चौकीले समेत सहयोग गरेको छ । दैनिक २५ देखि ४० परिवारलाई खाद्यान्न वितरण गर्ने लक्ष्य रहेको डुम्रेले बताए ।

              बुटवलको देवीनगर बुटवल उपमहानगरकै सबैभन्दा धेरै ७० हजार बढी जनसंख्या भएको वडा भएको र यहाँ सुकुम्वासी, मजदुर तथा विपन्न वर्गको संख्या धेरै भएकाले देवीनगरमा फुड बैंक सञ्चालन गरिएको अभियन्ताको भनाइ ।हाल लकडाउन अवधिभर सञ्चालन गरिने फुड बैंकलाई भविष्यमा पनि व्यवस्थित ढंगले स्थायीरुपमा सन्चालन गर्ने लक्ष्य रहेको अभियानले जनाएको छ ।यसअघि रुपन्देहीको भैरहवामा मायादेवी च्यारिटेबल फाउण्डेसनले पनि फुड बैंक सञ्चालनमा ल्याएको छ ।

प्रकाशित : १६ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६