काठमाण्डौ १६ भदौँ । बेलायती कूटनीतिज्ञ रिचार्ड मोरिसको शव फेला परेको छ । विगत ४ महिनादेखि बेपत्ता नेपालका लागि बेलायती पूर्वराजदूतसमेत रहेका रिचार्डको हेम्पसायर जंगलमा शव भेटिएको हो ।गएको ६ मे तारिखमा आफ्नो घर ब्रेन्टिलीबाट बिहान दौडिन निस्कनुभएको थियो । हराइरहेका उहाँको २ माइल टाढा एलिस हल्ट जंगलमा प्रहरीले शव फेला पारेको बीबीसीले जनाएको छ ।
५२ वर्षमा मोरिस जुन जंगलमा दौडन मन पराउनुहुन्थ्यो त्यही ठाउँलाई प्रहरीले खोजीको केन्द्रमा राखेको थियो । प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ ।मोरिसले नेपालमा सन् २०१९ सम्म चार वर्ष काम गर्नुभएको थियो । उहाँ बेपत्ता हुनुअघि बेलायत सरकारले फिजिका लागि ब्रिटिस हाई कमिशनका लागि नियुक्त गरेको बीबीसीले जनाएको छ ।मोरिसका श्रीमती, दुई छोरा र एक छोरी छन् ।








प्रतिक्रिया