दाङ, १६ भदौ
दाङका दाना उद्योगले न्युन मात्रामा दाना उत्पादन गर्न थालेपछि त्यसको प्रत्यक्ष असर मखै खेतीमा परेको छ । लकडाउनका कारण पोल्टी व्यवसायको लागि आवश्यक पर्ने दाना उत्पादन घटेको छ । सहज अवस्थामा दैनिक एकसय ५० टन उत्पादन गर्ने दाङको लमहीमा रहेको राप्ती फिड इन्ड्रटिज प्रा.लि.ले अहिले लकडाउन भएयता दैनिक २० देखि ३० टन दाना मात्रै उत्पादन गर्दै आइरहेको छ ।
राप्ती फिड इन्ड्रटिज प्रालिका अध्यक्ष लिलाराम खनालका अनुसार् उद्योगले सहज अवस्था भन्दा झन्डै ८० प्रतिसत उत्पादन घटेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, बिक्री नै हुँदैन,उत्पादन गरेर मौज्दात राखीरहनु भन्दा कम नै उत्पादन गरेका छौ । विगतमा दाङमा उत्पादन भएको ८० प्रतिसत मकै दाना उद्योगले खरिद गर्ने गरेकोमा अहिले खरिद नै कम गर्ने गरेको उद्योगीहरुले बताएका छन् ।
दाङमा उत्पादनका हिसावले दुइवटा फिड उद्योग संचालनमा छन । आफ्नै पोल्टी व्यवसायको लागि दाना उत्पादन गर्ने २० वटा उद्योग रहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्यन इकाई दाङ का प्रमुख महेश रेग्मीले दाङमा उत्पादन भएको मखै दाना उद्योगले ८० प्रतिसत खपत गर्ने बाँकी २० प्रतिसत मात्रै मकै बाहिर निर्यात हुने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,परियोजना लागुभएपछि देउखुरी क्षेत्रमा मकै उत्पादन बढेपनि दाङकै उद्योगमा खपत भएको थियो, अहिले किसानबाट मुल्य नपाएको गुनासो बढेको छ ।
लकडाउनले दाना उद्योगले दाना कम उत्पादन गरेपछि मकैको उत्पादन ५० प्रतिसतले घटेको छ । दाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरर्गत देउखुरी क्षेत्रलाई मकै सुपरजोनको कार्यक्रम लागु गरिएको छ । किसानले मकै उत्पादन बढाउन थालेपनि उचित मुल्य नपाउँदा चिन्तित बनेका छन । लमही नगरपालिका सतबरियाका देउमणी चौधरीले गत बर्षको तुलनामा आधा भन्दा कम मुल्यमा बिक्री गरेको बताउनुभयो ।
गत बर्ष ४० रुपियाँ प्रति केजी सम्म मकै बिक्री भएको थियो,यसपाली २० देखि २२ रुपियाँ प्रति केजी बिक्री गरेको छु । उहाँले डेड विगाहा क्षेत्रफलमा मखै खेती गर्दै आइरहनु भएको छ । उहाँ जस्तै मकै खेती गर्ने किसान मकैको उचित मुल्य नपाउँदा चिन्तित हुनुहुन्छ । दाङमा दुइ दशमलव आठ प्रति हेक्टरमा मकैको औषत उत्पादकत्व रहेको छ भने २४ हजार हेक्टर जमिनमा खेती हुने गर्दछ । कृषि ज्ञान केन्द्र दाङका प्रमुख शन्देश धितालले गत आर्थिक बर्षमा जिल्लामा ६५ हजार मेट्रीकटन मकै उत्पादन भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया