प्रदेश

रुपन्देहीमा कोरोना खरायोको गतिमा ,एकैसाथ थपिए ६ दर्जनबढी संक्रमित



रुपन्देही १६ भदौ । रुपन्देहीमा कोरोना खरायोको गतिमा दौडिएको छ । एकैसाथ ६ दर्जन बढी संक्रमित  थपिएसंगै यस्तो देखिएको हो । मंगलवार अहिले सम्मकै एकैचोटी थपिनेमा ठलो संख्योखा परेको छ । हाल सम्मकै बढी ७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।फलस्वरुप जिल्लामा कोरोना संक्रमितको संख्या १हजार ७४ पुगेको छ। समुदाय स्तरमा संक्रमण फैलिएसँगै गत मंगलबार ६९ जना संक्रमित भएपनि पछिल्लो तथ्यांकले त्यसलाई पनि उछिनेको छ। मंगलबार साँझ ४ः३० बजे सम्मको तथ्यांकअनुसार सम्म रुपन्देहीका विभिन्न ६ पालिकाका ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

        स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार सबै भन्दा बढी बुटवल उपमहानगरपालिकामा ३१ जना, तिलोत्तमामा २० जना, रोहिणीमा १५ जना, सिद्धार्थनगरमा ५ जना, सियारी र देवदहमा १र१ जनामा थप संक्रमण देखिएको छ। यो सोमबार रातीदेखि यताको तथ्यांक हो।सोमबार राती लुम्बिनी प्रादेशिक अस्पतालले सार्वजनिक गरेको तथ्यांकमा समावेश भएको संख्या समेत जोडिएको छ।   

        विभिन्न ल्याबबाट आएको रिर्पोट अनुसार ३० महिला र ४३ पुरुषमा संक्रमण पुष्टि भएको छ। रोहिणीमा थपिएका संक्रमित सबै एकै घरका रहेको भेक्टर कन्ट्रोल निरीक्षक शाहले जानकारी दिए।  संक्रमितसँगै जिल्लामा मृतकको संख्या १० पुगेको छ। जिल्लामा ४३५ जना निको भएर फर्किसकेका छन भने ६२९ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।

प्रकाशित : १६ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६