ब्रेकिंग न्युज

अर्घाखाँचीमा ५ दिन भित्र सर्पको टोकाईबाट २ को मृत्यु



अर्घाखाँची  १७ भदौ । सर्पको टोकाई बाट अर्घाखाँची भुमिकास्थान नगरपालीका वडा नं ९ ढिकुरा काफ्ले घैयाबारीका ४४ बर्षिय शेर बहादुर बिकको मृत्यु भएको छ ।  मृतक बिकलाई भदौ १२ गते घर नजिकै सल्लेरीवनमा सुतेको अवस्थामा बिहान सर्पले टोकेको थियो । तर सर्पले टोक्ने बित्तिकै सर्पदंश उपचार केन्द्रमा उपचार गर्न लैजानुको सट्टा झारफुक तथा घरायसी अौषधीको भरपर्दा बिकको ज्यान गएको स्थानिय मोति भट्टराईले जानकारी दिए । 

    सर्पको टोकाईबाट बिकको स्वास्थ्य अवस्था नाजुक   बन्दै गएपछि पाँचदिन पछि मंगलबार उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पुर्‍याईएको थियो ।  बिकको स्वास्थ्य अवस्था गम्भीर देखेपछी जिल्ला अस्पताल अर्घाखाँचीले बुटवल रिफर  गरिदियो। बिकको उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमै ज्यान गएको जनाईएको छ । पाँच दिन सम्म सर्पले टोकेको बिरामीलाई अन्धविश्वासका कारण झारफुक र घरायसी अषधी गर्न थालेपछि समयमै उपचारका लागि अस्पताल नपुर्‍याउदा बिकको ज्यान गएको हो ।

      दुई दिन अघि जिल्लाको शितगंगा ५ थारपाईला करापु निवासी २६ बर्षिय यम बहादु बेल्बासेको भदौ १४ गते सर्पको टोकाईबाट मृत्यु भएको थियो । बेल्बासेको पनि समयमा उपचार नपाउदा ज्यान गएको हो । बिकट क्षेत्रमा रहेका बेल्बासेलाई सर्पले डसेपछी गाडि नचलेपछी गाउमै झारफुक गर्दा समय बित्दै जाँदा स्वास्थ्य अवस्था नाजुक बनेपछि अस्पताल पुर्‍याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित : १७ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६