दाङ १७ भदौ । जिल्ला प्रशासन कार्यालय दाङको सेवा आज देखि ठप्प रोकिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछी प्रशासन कार्यालयको सेवा रोकिएको हो ।जिल्ला प्रशासन कार्यालयक दाङले दैनिक प्रदान गर्दै आएको सेवा अर्को सूचना नभएसम्मका लागि रोकिएको हो ।
सेवा ठप्प भएपनि अत्यावश्यक काम भने हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले मंगलबार एक प्रेस विज्ञप्ति जारि गर्दै जिल्ला प्रशासन कार्यालय बन्द भएको बताएका हुन् ।
प्रतिक्रिया