कपिलवस्तु १७ भदौ । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा कपिलवस्तुकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । संक्रमणका कारण कृष्णनगर नगरपालिका वडा नं ११ की ६० वर्षीया महिलाको बुधवार बिहान मृत्यु भएको हो । भदौ ७ गते अस्पताल भर्ना भएकी उनको सोही दिनदेखि आइसियूमा राखेर उपचार भइरहेको थियो । संक्रमित महिलामा उच्च रक्तचापलगायत दीर्घ रोग रहेको र संक्रमणपछि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो ।
१७ भाद्र २०७७, बुधबार
प्रतिक्रिया