कपिलवस्तु, १७ भदौ ।कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका १० गनहा पुलस्थित भित्री सडक खण्डमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधवार दिउँसो ३ बजे भएको उक्त दुर्घटनामा परी अन्य चारजना घाईते भएका छन् । लु १ ह २६४५ नं. को अटोरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा रुपन्देहीको गैडहवा गाउँपालिका ४ पौवा बस्ने ४० वर्षीय दयाशंकर चमारको मृत्यु भएको पिपरा प्रहरी चौकीले जनाएको छ । घटनामा चालक टम्केश्वर चमार सामान्य घाईते भएका छन् । त्यसैगरी दुर्घटनामा गैडहवा ४ कै ५० वर्षकी भानुमति रैदाश, इन्द्रवती हरिजन र लुम्विनी साँस्कृतिक नगरपालिका ११ बस्ने ३० वर्षीय विजय चमार घाईते भएका छन् ।
१७ भाद्र २०७७, बुधबार








प्रतिक्रिया