जीवनशैली

छात्रवृत्ति पश्चातका करार डाक्टर र अन्य स्वास्थ्यकर्मीको म्याद थप



काठमाण्डौ१८ भदौ ।  सरकारले छात्रवृत्ति अध्ययन गरी करारमा रहेका डाक्टर र स्वास्थ्यकर्मीको म्याद थपेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले छात्रवृत्तिमा करारमा रहेका डाक्टर र स्वास्थ्यकर्मीको म्याद पुस मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले छात्रवृत्तिमा अध्ययन गरेका डाक्टर र स्वास्थ्यकर्मीको करार म्याद सकिएको भए पनि पुस मसान्तसम्म थप गरेको जानकारी दिनुभयो ।

     यस्तै उहाँले कर्मचारी समायोजनमा सङ्घ , प्रदेश र पालिकामा खटाइए पनि रमाना नलिइ समायोजन भएका ठाउँमा नगएका स्वास्थ्यकर्मीलाई आवश्यक्ता परे त्यही ठाउँमा रहेर तलब भत्ता खुवाउने गरी उपचारमा खटाउन सकिने निर्णय भएको पनि जानकारी दिनुभयो ।यो निर्णय आउँदो कात्तिक मसान्तसम्म लागू हुने उहाँले जानकारी दिनुभयो । यस्तै कुनै ठाउँमा जनशक्ति व्यवस्थापन गर्न समस्या भए वा जनशक्ति अभाव भए माग गर्न पनि आग्रह गर्नुभएको छ ।स्वास्थ्य मन्त्रालयले पाँच दिने सूचना आह्वान गरी विभिन्न निकाय, पद र समूहमा दरखास्त मागेकाले आवश्यक परे माग भएका ठाउँमा जनशक्ति पठाइने पनि स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले बताउनुभयो ।

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६