ब्रेकिंग न्युज

नेकपाको सचिवालय बैठक आज बस्दै , खतिवडालाई निरन्तरता दिने या नदिने विषय टुंगो लगाउने



काठमाण्डौ १८ भदौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकले राष्ट्रियसभामा अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने या नदिने विषय टुंगो लगाउनेछ । प्रधानमन्त्री ओली खतिवडालाई नै दोहोर्याउने पक्षमा हुनुहुन्छ भने वामदेव गौतमले राष्ट्रियसभामा जान इच्छा देखाएकाले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि वामदेवकै पक्षमा हुनुहुन्छ ।खतिवडालाई पर्सि शनिबारसम्म मनोनित नगरे उहाँको पद स्वतः सकिने भएकाले यो विषयमा भोलिसम्म टुङ्गोमा पुग्नुपर्ने बाध्यता नेकपालाई रहेको छ ।

          साढे दुई वर्ष पहिले गोला प्रथाबाट खतिवडाको भागमा दुई वर्षे कार्यकाल परेकाले गएको फागुन २० गते उहाँको सांसद पद सकिएको छ । तर सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने  प्रावधानअनुसार उहाँ अहिलेसम्म मन्त्रीकै पदमा हुनुहुन्छ ।नेकपाको आजको सचिवालय बैठकमा पार्टीभित्रको विवाद समाधानको लागि कार्यदलले दिएको प्रतिवेदनको विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६