जीवनशैली

गुर्जोको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ: स्वास्थ्यविद्



एजेन्सी ।  कोरोना भाइरस विश्वभर तीव्र गतिमा फैलिरहेको छ । जसको कारण हरेक व्यक्तिले आफ्नो रोगप्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न प्रकारका औषधिको सेवन गरिरहेका छन् ।त्यसमध्ये सबैभन्दा सस्तो र सजिलो उपाय पनि छ । स्वास्थ्यविद् का अनुसार गुर्जोका पात पानीमा उमालेर पिउँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । यसका पातहरु अन्य फलफूलसँग मिसाएर जुस बनाएर पनि पिउन सकिन्छ ।

         गुर्जोका पातहरु पानका पातजस्तै देखिन्छन् । गुर्जोका पातमा क्याल्शियम, प्रोटिन, फस्फोरस जस्ता पदार्थहरु प्रयाप्त मात्रामा पाइन्छन् । यसका साथै यसमा स्टार्च पनि धेरै मात्रा पाइन्छ । यसको पातको जुसले शक्ति बढाउनुका साथै रोग प्रतिरोधात्मक क्षमतालाई पनि बढाउँछ । मेटाबोलिज्म सिस्टम बढाउने, ज्वरो, खोकी, रुघा र ग्यास्ट्रोइन्टसटाइनल जस्ता समस्याहरुका साथै अन्य ठूला रोगहरुबाट पनि रक्षा गर्छ । यसलाई उमालेर तातो पानी, जुस, काडा चिया वा कफि जस्ता पेयपदार्थ बनाएर पिउन सकिन्छ । विज्ञानले समेत आयुर्वेदिक उपचारको रुपमा स्वीकार गरेको छ । 

१) गुर्जोका पातले एनीमिया पनि कम गराउँछ । यसमा घिय्यू र मह मिसाएर रगतको कमी हुनबाट बचाउँछ । 

२) पहेँले रोग लागेमा समेत गुर्जोको पात निकै फाइदाजनक हुन्छ । यसलाई चुर्णको रुपमा खान सकिन्छ । कसैले यसको पातलाई पानीमा उमालेर पिउन सकिन्छ । साथै, गुर्जोेको पातलाई पिसेर महमा मिसाएर खान सकिन्छ । 

३) हात खुट्टामा एलर्जी भएमा गुर्जोको पातलाई खानामा सामेल गर्नुपर्छ । गुर्जोको पात पिसेर त्यसको पेस्ट हातखुट्टामा लगाउँदा छिट्टै निको हुन्छ । 

४) गुर्जोले पेटसँग जोडिएका थुप्रै समस्याहरुको समाधान गर्छ । कब्जियत, ग्यास र अपच जस्ता समस्यालाई समेत समाधान गर्छ । 

५) गुर्जोको प्रयोग रुघाखोकी र चिसो कम गर्न र धेरैदिनसम्म लागेको ज्वरो र तापक्रम कम गर्न फाइदाजनक हुन्छ । 

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६