गण्डकी

गृहमन्त्री थापा राहत सामग्री बोकेर बागलुङ तर्फ प्रस्थान



काठमाडौँ १८ भदौँ ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री बोकेर बागलुङ तर्फ प्रस्थान गरेका छन् ।ढोरपाटन नगरपालिका–९ सुकुर्दुङका  पीडित परिवारका लागि राहत लिएर गृहमन्त्रीको टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल रहेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।गएराति बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ बाढी आउँदा ११ जनाको शव फेला परेको छ भने २४ जना वेपत्ता छन् । जसमा ८ पुरुष र ३ महिला रहेका छन् । बाढीमा ३ दर्जनभन्दा बढी घर पुरिएको छ ।अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ ।वेपत्ताहरुको खोजीकार्य जारी छ ।

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६