काठमाडौँ १८ भदौँ। नेपाली सेनाको हेलिकोप्टरमार्फत बाढी पीडितलाई राहत सामग्री लिएर बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दङ हिँडको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को टोली मौसम खराबका कराण फर्किएको छ ।गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले मौसम खराब भएपछि स्याङ्जासम्म पुगेर गृहमन्त्रीसहितको टोली पोखरा फर्किएको जानकारी दिए ।‘मौसम खुलेपछि बागलुङ जाने तयारी भइरहेको छ,’ प्रेस सल्लाहकार भट्टराईले भने, ‘गृहमन्त्रीसहितको टोली अहिले पोखरा विमानस्थलमा छ । मौसम नखुले काठमाडौँ नै फर्किनेछ ।’
बाढी पीडित परिवारका लागि राहत लिएर गृहमन्त्रीको टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेल पनि छन् ।गएराति बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ बाढी आउँदा ११ जनाको शव फेला परेको छ भने २४ जना वेपत्ता छन् । जसमा ८ पुरुष र ३ महिला रहेका छन् । बाढीमा ३ दर्जनभन्दा बढी घर पुरिएको छ ।अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ ।वेपत्ताहरुको खोजीकार्य जारी छ ।
रातोपाटी
प्रतिक्रिया