लुम्बिनी

परीक्षणको दायरा बढ्यो, संक्रमितको संख्या घट्यो



दाङ  १८  भदा  । समुदाय स्तरमा कोरोना भाइरस फैलिएको आशंकामा परीक्षणको दायरा बढाएपनि सङक्रमित फेला परेका छैनन । । दाङको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले लमही नगरपालिकाले समुदाय स्तरमा कोरोना संक्रमित खोज्न सबै क्षेत्रका समुदायमा परीक्षण गर्दा कोरोना सङक्रमण नभेटिएको जानकारी दिनुभयो । लमही नगरपालिकाले एकसय ३० जनाको स्वाब संकलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पि.सि.आर चेकजाँचको लागि पठाएको मध्य सबैको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म पालिका भित्र समुदाय स्तरमा कोरोना नभेटिएको बताइएको छ । लमही नगरपालिकामा कोरोना सङक्रमण देखिएका ३० जना नै उपचार पछी निको भइसकेकोले नगरपालिका कोरोना सङक्रमण मुक्त भएको छ । 

        यस्तै गढवा गाउँपालिकाले पनि कोरोना सङमित खोज्न समुदाय स्तरमा परीक्षण बढाएपनि सङक्रमति फेला परेका छैनन  । समुदाय स्तरमा ३८ वटा स्वाव संकलन गरेर परीक्षण गर्दा कोरोना नदेखिएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलास चौधरीले जानकारी दिनुभयो । गढवामा एकजना मात्रै सकृय सङक्रमित रहेका बताइएको छ । राप्ती गाउँपालिकाले एकसय २२ जनाको स्वव संकलन गर्दा सङक्रमित फेला परेका छैनन ।  राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले राजपुर गाउँपालिका छ सय ८६ जनाको परीक्षण गर्दा सङक्रमण नदेखिएको जानकारी दिनुभयो । जिल्लाभर हाल सम्म सम्म १४ हजार सात सय ३० जनाको स्वाब संकलन गरि पिसिआर चेकजाँच गर्दा सात सय ९५ जना संक्रमित फेला परेको दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६