अन्तर्राष्ट्रिय

अमेरिकाले चुनाव अघि कोरोना भाइरसको खोप दिने योजना, चिन्ता थपिएको वैज्ञानिकको भनाई



काठमाण्डौ १८ भदौँ । अमेरिकामा राष्ट्रपतीय चुनावअघि मानिसहरुलाई कोरोना भाइरसको खोप दिने योजनाले चिन्ता थपिएको वैज्ञानिकहरुले बताएका छन् । अमेरिकामा आउँदो नोभेम्बर ३ मा चुनाव हुने तय भइसकेको हो ।  रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले ५० राज्यका स्वास्थ्य अधिकारीहरुलाई नोभेम्बर १ देखि खोपको वितरणका लागि तयार रहन भनेको छ । न्युयोर्क टाइम्सको रिपोर्टअनुसार गएको २७ अगस्टमा पठाइएको तीन दस्तावेजमा अज्ञात खोप वितरण गर्नको लागि विवरण दिइएको छ ।

      दिशानिर्देशका अनुसार सबैभन्दा पहिलो खोप स्वास्थ्यकर्मीलाई, ६५ वर्षभन्दा माथिका उमेरका व्यक्ति र सङ्क्रमणको धेरै जोखिममा रहेको समुदायलाई दिइनेछ ।अमेरिकामा धेरै खोपहरुको क्लिनिकल परीक्षण भइरहेको छ र केही खोप परीक्षणको अन्तिम चरणमा रहेको बताइएको छ । अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डाक्टर एन्थनी फाउची यदि खोपको परिणाम अत्यधिक सकारात्मक भए परीक्षणअघि नै खोप दिन सक्ने बताउनुभएको छ । तर अन्य वैज्ञानिकहरु भने सीडीसीको यो घोषणापछि राजनीति रहेको बताउँछन् । उनीहरुले अमेरिकी चुनाव र खोपको समयलाई लिएर चिन्ता व्यक्त गरेका हुन् । 

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६