काठमाण्डौ १८ भदौँ । पछिल्लो २४ घण्टामा १ हजार २ सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार चार सय १३ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय २८ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा नौ सय १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार दुई सय सात पुगेको छ । यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार आठ सय ७७ पुगेको छ । गएको
१८ भाद्र २०७७, बिहिबार
प्रतिक्रिया