अर्थ-वाणिज्य

साझेदारी बनमा रातभर संयुक्त गस्ती, मोटरसाइकल र काठ बरामद



कपिलवस्तु १८ भदौ । मायादेवि साझेदारी बनमा रात्रीकालिन गस्ती हुने गरेको छ । लकडाउनको मौकामा सालका काठ कटान गरी तस्करी हुदै आएको जानकारी पछि सुरक्षा निकाय , बन कार्यलय र मायादेवि साझेदारी वनका कर्मचारीवाट संयुक्त गस्ती हुन थालेके हो । साझेदारी बन ब्यवस्थापन समितिका अध्यक्ष अब्दुल अजिज खाँले संयुक्त गस्तीपछि तस्करीमा कमी आएको दावि गर्नु भयो । उहाले  बुधवार राती सब डिभिजन वन कार्यालय पटना , सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश पटना र मायादेवी साझेदारीका वन हेरालु समेतको संयुक्त  टोली गस्ती गर्दै जाने क्रममा ४ थान मोटर साइकल र सालको काठ २ गोलिया बरामद भएको जानकारी दिनु भयो  ।

    राति करिब ३ः३० बजेको समयमा मायादेवी साझेदारी वन क्षेत्र अन्तर्गत  वाणगंगा न.पा. १० गल्हीमा अवैध रुपमा सालको हरियो गोलिया थान २ लोड गरी दक्षिण तिर लैजादै गरेको अवस्थामा गस्ती टोली देखे पछि चोर तस्करहरु घटनास्थलमै मोटर साईकलहरु छाडी फरार भएको थिए ।  घटनास्थलबाट सालको गोलिया थान २ र मोटर साईकल थान ४ बरामद गरी फरार व्यक्तिको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।यस अघि पनि यसरी नै गस्ती हुदा केहि तस्कर ब्यक्तिरिहरु समेत पक्राउ परेका थिए ।

     ती तस्कारलाई पक्राउ गरेको घटनामा बनका हेरालुलाई पटनको एक गाउमा सुरकी गरेको भन्दै जरीवाना समेत गर्ने स्वघोषित समाजका अगुवाले फैसला गरेका थिए । उक्त तथ्य सार्वजनिक भएपछि सो समाजका अगुवाहरुले गल्ती महशुस गरेका थिए । यसरी लकडाउनका मौकामा जंगलको संरक्षणमा खटेर सुरक्षा निकाय , वन र साझेदारी बनले सह्रानिय कार्य गरेको नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख वहादुर पछाईको भनाइछ ।

   यता कपिलवस्तुमा रहेका तिलौराकोट, मायादेवी, कपिलवस्तु साझेदारी वन समूहसहित पाँचवटा वनले वार्षिक कुल एक लाखभन्दा बढी दिन रोजगार गरेका छन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार पाँचवटा साझेदारी वनबाट राज्यलाई यो ६ वर्षको अवधिमा मात्र झन्डै ८६ करोड रुपैयाँ राजस्व आम्दानी भएको छ। यसरी सबै साझेदारी वन प्रति क्यु फिट न्यूनतम सात सय ५० रुपैयाँको हिसाबले ४३ करोड ३० लाख ७४ हजार रुपैयाभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। यसैगरी वैज्ञानिक साझेदारी वन व्यवस्थापनको अवधारणा लागू भएपछि कपिलवस्तुमा मात्र हालसम्म ११ लाख ५४ हजार ८ सय ६७ क्यु फिट काठ उत्पादन गरिएको छ।

    साझेदारी वनबाट उत्पादन भएका काठलाई सरकार र साझेदारी वन समूहबीच उत्पादनको आधाआधा काठ, दाउरा बाँडचुँड गरिन्छ। यसरी भाग लगाउँदा प्रति क्यु फिट एक हजार पाँच सय रुपैयाँ राजस्व हुन आउँछ। यसरी साझेदारी वन राजस्व र रोजगार दुवैका लागि सञ्जीवनी सावित हुँदै छ।एक दशकपछि फर्केर हेर्दा अर्बौंको राजस्व र लाखौंको संख्यामा रोजगार दिएर साझेदारी वनले छलांग मारेको छ। वनमा सामूहिक अपनत्व भावका कारण जैविक विविधता संरक्षण, आगलागी र वन अतिक्रमण नियन्त्रण गर्नसमेत सजिलो भएको छ। अझै सबैभन्दा महत्वपूर्ण उपलब्धि गरिबी न्यूनीकरणमा मद्दत पुगेको छ।

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६