कपिलवस्तु १९ भदौ ।बाणगंगामा कन्ट्रयाक टे«सिङवाट ६ जनामा संक्रमण पुष्टि भएको छ । बाणगंगाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार उनीहरु मध्ये २९ र ७९ बर्षका २ महिला, २३ ,२०/ २० वर्षका ३ पुरुष र एकजना ६ वर्षका शिसुमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै आफ्नै घरमा रहेको जनाइएको छ ।
घरको आइशोलेशनमा बस्न समस्या भएमा नगरले संचालन गरेको आइशोलेशनमा ल्याएर राख्ने गरी संपर्क भई रहेको उहाले जानकारी दिनु भयो । पछिल्लो संक्रमण भन्दा अघिका २१ जना नगरकै आइशोलेशनमा रहेको स्वास्थ्य शाखाले जनाएको छ । बाणगंगामा हाल सम्म कुल १०७ संक्रमित २७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमण पुष्टि भएका सबै यसअघि संक्रमण भएका ब्यक्तिका घरपरिवारका सदस्य हुन् । उनीहरु यस अघिवाटै होम क्वारेण्टाइनमा रहदै आएका थिए ।
प्रतिक्रिया