बुटवल १९ भदौ । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ८ का ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।भदौ ४ गते अस्पताल भर्ना भएका ती ७८ वर्षीय पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको हो ।संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा. गौतमले जानकारी दिए ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मातहत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १० जना पुगेको छ । अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा २ जनाको मृत्यु भएको छ ।
१९ भाद्र २०७७, शुक्रबार
प्रतिक्रिया